images
images

नुवाकोटमा दुर्घटना,एकको मृत्यु, एकजना घाइते

२०७४ बैशाख १ – ककनीमा स्कुटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौंबाट नुवाकोट आउँदै गरेको बा ७९ प ९०९८ नम्बरको स्कुटर ककनी-१ पैरोमा दुर्घटना हुँदा तारकेश्वर नगरपालिका ११ जरङखुकी-२० वर्षीया रुपा तामाङको मृत्यु भएको ककनी चौकीका इन्स्पेक्टर कैलाश भट्टराईले बताए । घाइते काठमाडौं महानगरपालिका १६ नयाँ बजारकी २२ वर्षीया सिर्जना श्रेष्ठलाई उपचारको लागि काठमाडौं लगिएको छ । मृतक तामाङको शव कागजी प्रक्रिया पुर्‍याई पोस्टमार्टम गराउन काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको ईन्स्पेक्टर भट्टराईले बताए ।