images
images

मध्यरातमा पर्सामा गोली चल्दा,एक महिला गम्भीर घाइते

२०७३ चैत्र २९ – विरगन्ज उपमहानगरपालिका-१७ पिपरामा सोमबार मध्यरातमा गोली प्रहार भएको छ । राति करिब साढे १ बजे गोली चल्दा घरमा सुतिरहेकी २५ वर्षीया निलु पटेल गोली लागेर गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । पटेलको अहिले नेसनल मेडिकल कलेज विरगन्जमा उपचार भइरहेको छ । चिकित्सकले पटेलको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

घाइते पटेलको पारिवारिक स्रोतका अनुसार राति अचानक झ्यालबाट छिरेको गोलीले पटेलको टाउकोमा लाग्न पुगेको हो । गोली कसले चलायो, कसरी चल्यो भन्नेबारे अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता चक्रराज जोशीले बताए ।