images
images

रोयल च्यालेञ्जर्स बेङ्लोर,माथि पञ्जावको जित

२०७३ चैत्र २९ –  दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डीभिलियर्सको बिस्फोटक इनिङमा उनकै देशका अर्का ब्याट्सम्यान हासिम अमला भिलेन सावित भएका छन्। रोयल च्यालेञ्जर्स बेङ्लोरका डीभिलियर्सले ९ छक्काको सहयोगले ८९ रन बनाउदै किङ्स इलेभेन पञ्जावमाथि १ सय ४९ रनको लक्ष्य राखेका थिए।

जसलाई अमलाको अर्धसतकीय इनिङका कारण पञ्जावले ३३ बल खेल्न बाँकी रहँदा ८ विकेटले सहजै पुरा गर्यो। पञ्जावको आइपिएलमा यो लगातार दोस्रो जित हो। बेङ्लोरले भने ३ खेलमध्ये २ मा पराजय भोगेको छ।

अमलाले ३ छक्का र ४ चौकाको सहयोगले ३८ बलमा अविजित ५८ रन बनाए। कप्तान ग्लेन म्याक्सवेलले ४ छक्का र ३ चौकाको सहयोगले २२ बलमा अविजित ४३ रन बनाए। उनले विजयी छक्का हिर्काएका थिए। यी दुवैले तेस्रो विकेटका लागि अविजित ७२ रनको साझेदारी गरेका थिए। आइपिएलमा लगातार दुई खेल जित्ने अर्को टिम सनराइजर्स हैदराबाद हो।

खेलको म्यान अफ दि म्याच अक्षर पटेल घोषित भए। उनले ४ ओभरमा १२ रन मात्र खर्चेर बेङ्लोर कप्तान सेन वाटसनको विकेट लिएका थिए।