images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार अमेरिकी डलरसहित पाइलट पक्राउ

२०७३ चैत्र २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार ६ सय अमेरिकी डलरसहित नेपाल वायुसेवा निगमका पाइलट पक्राउ परेका छन्।

गएराति नेपाल वायुसेवा निगमका पाइलट सुवर्ण अवाले विमानस्थलबाट पक्राउ परेका हुन्। काठमाडौंबाट दुबर्इका लागि विमान उडाउन जाँदै गर्दा अवालेको लगेज चेकजाँच गर्नेक्रममा उक्त अवैध अमेरिकी डलर फेला परेको हो।

अवालेले आफ्नी छोरी अमेरिकामा पढ्दै गरेकोले उनको लागि पैसा लान लागेको बताएका छन्। अवालेलाई प्रहरीले पक्राउ गरी गौशला प्रहरी वृत्तमा राखिएको थियो । वरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दले अवालेबारे थप अनुसन्धान भइरहेको बताउनु भयो ।