२०७३ चैत्र २७ – पथरी शनिश्चरे नगरपालिका-७ स्थित मुक्ति चौकमा शनिबार राति गहुँ दाइँ गर्ने क्रममा थ्रेसरमा काटिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १६ वर्षीय सन्दिप मण्डल रहेको प्रहरीले जनाएको छ । स्थानीय युवक राईको गहुँ दाइँ गरिहेको अवस्थामा गहुँ लगाउने क्रममा अचानक थ्रेसरभित्र पस्दा काटिएर मण्डलको मृत्यु भएको इलाका प्रहरी पथरीले जनाएको छ । को१त २४२४ नम्बरको ट्याक्टरमा थ्रेसर जोडेर गहुँ दाइँ गरिरहेका थिए ।