दमक: झापामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–१ जामुनखाडी चोकमा शुक्रबार को १ ख ४१४५ बसले को २८ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक विर्तामोड–६ का ३२ वर्षीय विनोद प्रसाईको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि गम्भीर घाइते भएका प्रसार्इँको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।