२०७३ चैत -२५ तराई मधेस लोकतान्त्रिक पार्टी ९ तमलोपाका अध्यक्ष महन्थ ठाकुरले देशमा विद्यमान राजनीतिक समस्याको समाधान सरकारले शक्तिबाट खोजेको आरोप लगाउनुभएको छ ।
तमलोपाले आज पर्साको पोखरियामा आयोजना गरेको कार्यक्रममा उहाँले मधेसी, दलित तथा जनजातिको समस्याको समाधान मोर्चाले वार्ता र संवादबाट खोजेपनि सरकारले संसद्मा सङ्ख्या र सडकमा हतियारको शक्तिबाट राजनीतिक समस्याको समाधान खोजेको दाबी गर्नुभयो ।
अध्यक्ष ठाकुरले संविधान संशोधन,जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनःसंरचनालगायत माग सम्बोधन नभएसम्म मोर्चा कुनैपनि निर्वाचनमा सहभागी नहुने प्रष्ट्याउनुभयो । रासस