images
images

मालिङ्गाको अर्को ह्याट्रिक, बंगलादेशविरुद्ध टि–२० मा पहिलो

२०७३ चैत्र २५ –  श्रीलंकाको तीब्र बलर लासिथ मालिङ्गाले टि–२० क्रिकेटमा पनि हयाट्रिक बनाउने कीर्तिमान बनाएका छन्। उनले बंगलादेशविरुद्ध कोलम्बोमा हाल चलिरहेको दोस्रो अन्तर्राष्ट्रिय टि–२० मा ह्याट्रिक लिएका छन्।

एकदिवसीय क्रिकेटमा ३ पल्ट ह्याट्रिक लिएर चर्चामा आएका मालिङ्गाले बंगलादेशले ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको इनिङमा ह्याट्रिक लिएका हुन्। उनले पहिले मुस्फिकर रहिमलाई बोल्ड गरेका थिए।

दोस्रो बलमा मर्सफे मोर्टाजालाई गोल्डेन डक गरे। उनलाई पनि मालिङ्गाले बोल्ड गरेका थिए। तेस्रो शिकार मेहदी हसन मिराजलाई बनाए। मिराज एलबिडब्लु भएका थिए।

बंगलादेशविरुद्ध यसअघि अस्ट्रेलियाका तीब्र बलर ब्रेट लीले पनि टि–२० मा ह्याट्रिक गरेका थिए। मालिङ्गा टि–२० को अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक लिने पाँचौ बलर बन्न पुगेका छन्।

विकेटकिपर रहिम १८ ओभरको तेस्रो बलमा मालिङ्गाको बलको सिकार भएका थिए। कप्तान मोर्टाजा चौथो बल र मिराज पाँचौ बलमा आउट भए।