images
images

चेल्सीले हरायो म्यानचेस्टर सिटीलाई

२०७३ चैत्र २४ – इडेन हजार्डको निर्णायक दुई गोलको सहयोगले आफ्नो घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै चेल्सीले इङ्लिस प्रिमियर लिगमा टोटेनहामसँगको अग्रतालाई ७ अंकमा कायमै राखेको छ ।

लिग जित्ने अभियानमा रहेको चेल्सी ३० खेलमा ७२ अंक जोडेर शीर्ष स्थानमा छ। टोटेनहामको ६५ अंक छ। टोटेनहामले पनि स्वान्सीलाई ३–१ ले पराजित गरेको थियो।

हजार्डले १० मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, सर्जियो अगुइरोले २६ मिनेटमा खेललाई बराबरीमा ल्याउँदै घरेलु टोलीको तनाव बढाएका थिए। चेल्सीलाई त्यतिबेला चिट्ठा पर्यो, जब फर्नान्डिनोले डिबक्सभित्र पेड्रोलाई लडाए। ३५ मिनेटमा चेल्सीले पाएको पेनाल्टीको अवसरलाई हजार्डले नै गोलमा परिणत गरेका थिए। दोस्रो हाफको कुनै गोल हुन सकेन।