images
images

रियल मड्रिडको एलाभेज माथि सानदार जित दर्ता

रियल मड्रिडको सानदार जित

२०७३ चैत्र २१ – स्पेनिस ला लिगा अन्तरगत आइतबार राती भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले उत्कृष्ट जित हासिल गरेको छ । रियलले एलाभेजमाथि ३-० को जित हात पार्यो ।

Ronaldo was played out on the left wing in his preferred role rather than as a No 9 and looked to be enjoying himself

रियलका लागि खेलको ३१ औँ मिनेटमा करिम बेन्जिेमाले पहिलो गोल गरे । त्यसैगरी इज्कोले ८५ मिनेटमा र नाकोले ८८ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाए । खेलमा एलाभेजको गोल गर्ने कुनैपनि प्रयास सफल हुन सकेन । जितसँगै रियल मड्रिड शीर्ष स्थानमा कायम छ । २८ खेल खेलेको रियलको ६८ अंक छ ।

Ronaldo hurdles a tackle by Alaves' forward Gaizka Toquero during a Real Madrid attack at the Bernabeu on Sunday

ला लिगा अन्तरगतनै आइतबार राती भएका अन्य खेलमा भ्यालेन्सियाले डिपोर्टिभो ला कोरुना लाई ३-० ले पराजित गर्यो । सेभिल्ला र स्पोर्टिङ गिजोन बीचको खेल गोल रहित बराबरीमा टुङ्गियो ।