images
images

म्यानचेस्टर सिटी घरेलु टोली आर्सनलसँग बराबरीमा रोकियो

२०७३ चैत्र २१ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी आर्सनलसँग बराबरीमा रोकिएको छ। इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा म्यानचेस्टर सिटी घरेलु टोली आर्सनलसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

खेलको पाँचौं मिनेटै सानेले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ४० औं मिनेटमा आर्सनलका लागि थियो वालकोटले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

खेलको ४२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाएका थिए। तर, ५३ औं मिनेटमा आर्सनलका लागि मुस्ताफीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

त्यसपछि बाँकी समयमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल २-२ गोलको बराबरीमा सकियो। बराबरीपछि म्यानचेस्टर सिटी २९ खेलबाट ५८ अंकका साथ चौथो स्थानमा यथावत छ भने आर्सनल समान खेलबाट ५१ अंकका साथ लिगको छैठौ स्थानमा छ।