images
images

आर.आर.क्याम्पसमा स्वबियुको मतदान सुरु (फोटो फिचर)

२०७३ चैत्र १५ – प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन केहीबेर अघिबाट शुरु भएको छ । चैत्र २ गतेको सर्वोच्च अदालतको आदेश अनुसार आज आरआर क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । बिहान ८ बजेबाट सुरु हुने भनिएको निर्वाचन एक घण्टा ढिला गरी सुरु भएको छ ।

भित्र निर्वाचन बाहिर तनाव
फागुन १८ गते रोकिएको निर्वाचनमा सहभागि नहुने भन्दै नेविसंघ, अखिल क्रन्तिकारी (प्रचण्ड), संघिय समाजबादी विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल पाँचौ, अखिल छैठौ लगाएतका १० विद्यार्थी संगठनले निर्वाचनको विरोध गरेको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मिलन एमसीले बताए ।

मतदान केन्द्र बाहिर विद्यार्थी र प्रहरीबीच झडप हुँदा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अनिल शर्मा सहित १० जना विद्यार्थी सामान्य घाइते भएको उपाध्यक्ष एमसीले बताए ।

अत्तालिएर मैदान छाडे

अनेरास्ववियुका केन्द्रीय कमिटि सचिव आर सी लामिछानेले निर्वाचन पश्चात आउने मतपरीणामबाट अत्तालिएर अखिल क्रान्तिकारी लगाएका केही विद्यार्थी साथिहरु मैदान छाडेर भागेको आरोप लगाए । उनले निर्वाचन शान्तिपूर्ण रुपमा चलिरहेको बताएका छन् ।  मतदानमा सहभागि भई आफ्नो अधिकार प्रयोग गर्न सम्पूर्ण विद्यार्थी संगठनलाई उनले अनुरोध गरेका छन् ।

यता निर्वाचन अधिकृत हरि प्रसाद पराजुलीले  निर्वाचनमा अनेरास्वियु, अखिल क्रान्तिकारी, नेविसंघ लगाएत ५ विद्यार्थी संगठनले भाग लिएकाे जानकारी दिए । निर्वाचनको सुरक्षाका लागि क्याम्पस परिसरमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ।

६ वटा बुथ खडा गरि निर्वाचन जारी
बुथ नं १ बाट ६२ मत खसेको छ । बुथ नं २ बाट ४७ मत खसेको छ ।  बुथ नं ३ बाट ७० मत खसेको छ ।  बुथ नं  ४ बाट ६० मत खसेको छ । बुथ नं  ५ बाट ११० र बुथ नं ६ बाट १५० मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।