नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच ५ वर्षे सम्झौता
२०७३ चैत्र १५ – नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच ५ वर्षको लागि पेट्रोललियम खरिदबिक्रीको सम्झौता भएको छ । भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र नेपालको तर्फबाट आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा दुई नियकाबीच सम्झौता भएको हो ।
सम्झौतामा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र भारतीय आयल कर्पोरेशनका कार्यकारी निर्देशक पीके दासले हस्ताक्षर गरेका हुन् ।
नेपालले पहिलो पटक सन् १९७४ मा भारतीय आयल कर्पोरेशनबाट पेट्रोलियम ल्याउने सम्झौता गरेको थियो । त्यसयता नेपालले लगातार भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको छ ।
सम्झौतापछि भारतीय आयल कर्पोरेशनले जारी गरेको विज्ञप्तीमा सम्झौतामा नेपाल आयल निगमलाई चाहिने डिजेल, मट्टितेल, हवाई इन्धन, एलपी ग्याससहित सबै पेट्रोलिमय पदार्थ भारतीय आयल कर्पोरेशनले उपलब्ध गराउने जनाइएको छ ।
गत वर्ष भारतीय नाकाबन्दीको क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पेट्रोलियम पदार्थ ल्याउन सक्ने गरी बाणिज्य तथा आपूर्ति सन्धी गरेका थिए ।
तर, त्यसयता सरकारले भारतबाहेकका देशबाट पेट्रोलियम ल्याउन कुनै तत्परता देखाएको छैन् ।