२०७३ चैत्र १४ – नयाँ शक्ति पार्टी नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यलाई निष्कासन गरेको छ । निष्काशित हुनेमा निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम दाहाल र मोहन बम छन् ।
सोमबार बसेको विशेष राजनीतिक समितिले पार्टी सदस्य समेत नरहने गरी चारै जनालाई निष्काशन गरेको नयाँ शक्तिले जनाएको छ ।
पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भिर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेपछि निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।