प्रधानमन्त्री दाहाल–राष्ट्रपति सीबीच भेटवार्ता
२०७३ चैत्र १४ – चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालसंग यसअघि भएका सम्झौताहरुको कार्यन्वायनसंगै जलवायु पिरवर्तनको न्यूनीकरण, कृषि र पर्यटनमा सहकार्य गर्न चाहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसंगको भेटवार्ताका क्रममा राष्ट्रपति सी आफैले यि तीन विषय उठाएका हुन् । प्रधनमन्त्री दाहालले राखेका सबै प्रस्तावहरुमा पनि उनी सकरात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले कान्तिपुरसंग बताए ।
दुई नेताबीच २७ मिनेट कुराकानी भएको थियो । आचार्यका अनुसार प्रधानमन्त्री दाहालले यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका उर्जा र पारवाहान सम्बन्धी सम्झौताको कार्यन्वयन, चिनियाँ रेललाई नेपालभित्र जोड्ने, तातो पानी नाका खोल्ने विषयकासाथै नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारीको विषय उठाएका थिए । नेपाली पक्षले उठाएको सबै विषयहरुमा सीले सकरात्मक जवाफ दिएका थिए ।
भेटवार्ताका क्रममा चिनियाँ पक्षले निर्वाचनको लागि सहयोग घोषणा गरेको छ । ‘भेटवार्ता अत्यन्त सकरात्मक रह्यो, सम्बन्धलाई थप मजबुत बनाउने काम भएको छ’ आचार्यले भने ।
भेटवार्तामा प्रधानमन्त्री दाहालका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्री पुत्र प्रकाश दाहाल भेटवार्तामा सहभागी थिए ।
यसअघि आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङसंग भेटवार्ता गरेका थिए । त्यसअघि पनि बोआओमा पनि उपप्रधानमन्त्रीसंग भेटवार्ता गरेका थिए ।
यो पनि पढ्नुस्:
‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपालकाे सहभागिताकाे लागि चिनियाँ जाेड
चीन पुगे प्रधानमन्त्री
‘वान बेल्ट वान रोड’ मा नेपाल सहभागी हुन्छ : दाहाल
प्रधानमन्त्री दाहालकाे चीन भ्रमण दुई देशबीचकाे अविश्वास हटाउन केन्द्रित रहने