images
images

खुमल्टारमा सरकारी गाडीले ठक्कर दिएर कृषि अनुसन्धान परिषद परिषरको पर्खाल ढाल्यो

खुमल्टारमा सरकारी गाडीले ठक्कर दिएर पर्खाल ढाल्यो

२०७३ चैत्र १४ – कृषि मन्त्रालयको गाडीले सोमबार बिहान ठक्कर दिँदा खुमल्टारस्थित कृषि अनुसन्धान परिषद परिषरको पर्खाल भत्किएको छ। घोडेजात्राको सार्वजनिक विदा परेको दिन बा २ झ २१३३ नम्बरको सरकारी गाडीले दुर्घटना गराएर पर्खाल भत्काएको हो।

सरकारी गाडी ट्राफिक नियमको पालनामा नमुना हुनुपर्ने मानिन्छ। खुमल्टारमा भएको दुर्घटना चालकको लापरवाहीले भएको ठहर ट्राफिकले गरेको छ। दुर्घटना हुँदा रामशरण बानियाँले गाडी चलाएका थिए। गाडीमा कृषि मन्त्रालयका बरिष्ठ कर्मचारी भित्रै थिए।

दुर्घटनामा परेको गाडीको अगाडी भागमा क्षेति पुग्नुको साथै चालक समेत घाईते भई उपचारको लागी सुमेरु अस्पताल धापाखेलमा लगिइएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन ।

तीब्र गतिमा हुइँकिरहेको गाडी अघिल्तिर अकास्मात मोटरसाइकल आइपुग्दा त्यसलाई जोगाउने क्रममा दुर्घटना भएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाथेछुले बताए।

‘सरकारी गाडी ट्राफिक नियमको पालनामा उत्कृष्ट नुमना देखाउनु पर्ने हो। तीब्र गति र लापरवाहीका कारण दुर्घटना भएको देखिन्छ’, उनले भने।
ट्राफिक नियमअनुसार भत्केको पर्खाल चालकले बनाइदिनु पर्ने हुन्छ। दुर्घटना गराएबात चालकले ट्राफिक कक्षासमेत लिनुपर्ने हाथेछुले बताए।