२०७३ चैत्र १२ – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । भारतिय सिमा सुरक्षा बलको गोली लागी मृत्यु भएको कञ्चनपुर पुर्नवास–८ गोविन्द गौतमको परिवार भेटन गएका बेला निधीले यस्तो बताएका हुन् ।
फागुन २६ गते भएको उक्त घटनास्थलको निरीक्षण गर्न पुगेको निधीले शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको सीमामाथि आाच पुर्याउने काम आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् । निधीले भने, ‘कसैले नेपालको सीमामाथि हस्तक्षेप गरे त्यो सरकारलाई स्वीकार्य हुदैन ।’ गोली प्रहारको घटनाबारे आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा गरेको उनले बताए ।
निधीले मृतक गौतमकी पत्नीलाई सरकारले दिएको १० लाख र नेपाली काँग्रेसले दिएको ७ लाख गरि १७ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरे । गौतमको निधनपछि सरकारले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।