images
images

हवाई मैदान निर्माणका लागि धरानमा पहिलोपटक ड्रोनबाट सर्वे

 २०७३ चैत्र ११– दुई दशकदेखि  हवाई मैदान निर्माण गरिदिन माग गर्दै आएका धरानेहरुले धरान एयरपोर्टको नाममा छुट्याएको मैदानमा हवाइयात्रु बोक्ने जहान अवतरण नभएपनि शुक्रबार ड्रोन अवतरण भएको देख्न पाए ।

नागरिक उडड्यन प्राधिकरणले धरानमा हवाई मैदान निर्माणका लागि कन्सल्टेन्सीको रुपमा रियलपाथ इन्जिनियरिङ कन्सल्टेन्सीका युवा प्राविधिकहरुलाई पठाएपछि मुलुकमै पहिलो पटक व्यवसायिकरुपमा ड्रोन मार्फत प्रारम्भीक सर्वे सुरु भएको अवसरमा ड्रोन देखेका हुन् ।

भविष्यमा निर्माण हुने हवाई मैदानको आकाशमा ड्रोन उडाएर सर्भे गरिरहेका ज्योमेट्रिक इन्जिनियर अच्युतकृष्ण पाण्डेले भने, ‘हवाई मैदानको सर्वेकालागि ड्रोनको प्रयोग यो पहिलो हो । बास्तवमा म्यानुअलमा सर्वे गर्दा पोइन्ट डाटामात्र निस्कने र एकमहिना भन्दा बढी लाग्न सक्छ । तर आधुनिक प्रविधि अनुसारको ड्रोन प्रयोग गरेर सर्वे गर्दा तीन दिनमा सकिन्छ । म्यानुअल सर्भेबाट भन्दा ड्रोन मार्फत सर्भे गर्दा डिजिटल एलिमेन्सन मोडल, डिजिटल सर्भे मोडल, अर्थो फोटो र डिटेल डाटा पनि सहजै आउँछ ।’