images
images

सम्झौता नभए पनि अविश्वास चिरेर आउँछु : प्रधानमन्त्री

चीन भ्रमण जानू केही घण्टा अघि प्रधानमन्त्रीको छलफल

चैत्र १०, २०७३– प्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटारमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र चीनका लागि पूर्व राजदूतसँग चीन भ्रमणको एजेण्डाबारे छलफल गरेका छन् । प्रधानमन्त्री दाहाल आज राति ७ दिने भ्रमणको लागि चीन जाँदैछन् ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले चीन भ्रमणको क्रममा कुनै महत्वपूर्ण सम्झौता हुन नसकेपछि कुनै अविश्वास भए चिरेर आउने धारणा राखेका थिए । उनले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग गोवामा भएको भेटको बारेमा कुरा राख्ने बताए ।

छलफलमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, शेरदबहादुर देउवा, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, चीनका लागि पूर्व राजदूतहरु राजेश्वर आचार्य, टंक कार्कीलगायत सहभागी थिए ।