images
images

काँग्रेस बैठक चैत १३ गते

nc२०७३चैत १० –  व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउन छलफल जारी रहेकाले पार्टीको केन्द्रीय समितिको बैठक तीन दिन पर सारेको छ ।
मोर्चाका शीर्ष नेतासँग पार्टीका सभापति शेरबहादुर देउवासहितका नेताहरू सहमति जुटाउन लाग्नुभएकाले बुधबारका लागि तय भएको केन्द्रीय कार्यसमितिको बैठक पनि चैत १३ गतेका लागि सारिएको हो ।  पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गोरखापत्रसँग भन्नुभयो, “काँग्रेसले सबै राजनीतिक दललाई सँगै लिएर निर्वाचन गर्न खोजिरहेको छ, विशेष गरी मधेस केन्द्रित दलहरूलाई स्थानीय तह निर्वाचनमा सहभागी गराउनका लागि वातावरण बनाउने प्रयास गरिरहेकाले बैठक सारिएको हो । ’’
मोर्चाका नेताहरूसँगको छलफल केही दिनयता जारी छ ।  छलफलमा सभापति देउवा र अन्य शीर्ष नेताहरूको सहभागिता छ ।  उहाँहरूले नै सहमतिका लागि प्रयास गर्ने र आवश्यक टुङ्गोमा पु¥याउने भएकाले बैठक पर सारिएको जानकारी पनि मुख्य सचिव पौडेलले दिनुभयो ।  काँग्रेसको बैठक लामो समयपछि बस्न लागेको हो ।