images
images

तीन प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्ष एक सिट जित्नै पर्ने विधेयक बहुमतले पारित

 

२०७३ चैत्र -९ व्यवस्थापिका–संसद् बैठकले प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी संसदमा पेश भएको राजनीतिक दलसम्वन्धी विधेयक महुमले पारित गरेको छ।

व्यवस्थापिका संसद्‍को बुधबार साँझ बसेको बैठकले मधेसी मोर्चा र साना दलको विरोधका बीच उक्त विधेयक बहुमतले पारित गरेको हो।

राज्य व्यवस्था समितिले दलबीच लामो समयदेखि छिनोफानौ हुन नसकेको न्यूनतम मतसीमा (थ्रेसहोल्ड) को विषयलाई बहुमतका आधारमा अघि बढाएको थियो।

राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न निश्चित मत प्राप्त गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दलबीच लामो समयदेखि गम्भीर मतभेद रहँदै आएको थियो।

समितिले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने विषयलाई बहुमतले पारित गरेको हो।

व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले कम्तीमा पनि ३ प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने पक्षमा मतदान गरेपछि उक्त विधेयक बहुमतले पारित गरेको हो।
राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा कुल खसेको सदर मतमध्ये ३ प्रतिशत र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एक सिट ल्याउनैपर्ने प्रावधानप्रति नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय जनजागरण पार्टी लगायतका साना दलले भने असहमति जनाएका छन्। राससको सहयोगमा