images
images

आईजीपी नियुक्ति विवाद : देउवा परामर्शमा

आईजीपी नियुक्ति विवाद : देउवा परामर्शमा

फाइल तस्बिर

२०७३ चैत्र ९ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिलाई सर्वोच्च अदालतले मंगलबार बदर गरेपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परामर्शमा जुटेका छन्।

फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आईजीपीमा डीआईजी जयबहादुर चन्दलाई नियुक्त गरेको थियो। उक्त नियुक्ती प्रहरी नियमावली र प्रहरीको चेन अफ कमाण्ड विपरित भएको भन्दै सर्वोच्च अदालतले मंगलबार सरकारको नियुक्ति बदर गरेपछिको अवस्था र भावी कदमबारे निर्णय गर्न देउवा कानुनी र राजनीतिक परामर्शमा जुटेका हुन्।

‘सर्वोच्चको निर्णयमा कानुनी र राजनीतिक पक्ष छन्’, अन्नपूर्णसँग कुरा गर्दै देउवाले भने, ‘त्यस बारे कसरी अगाडि बढ्ने, म कानुनी तथा राजनीतिक परामर्शमा छु।’

प्रधान न्यायाधीश सुशीला कार्कीसहितको बृहत पूर्ण इजलासले मंगलबार डीआईजी चन्दको नियुक्ति बदर गर्दै चारजना डीआईजीमा नवराज सिलवाल सबैभन्दा अगाडि रहेको र जेष्ठता तथा योग्यताका आधामार तत्काल नयाँ नियुक्ति गर्न ‘परमादेश’ जारी गरेको छ।

‘यस विषयमा पार्टीमा पनि बहस हुने छ’, देउवाले भने।