एमाले केन्द्रीय कार्यालयद्धारा मंगलबार काठमाडौमा आयोजित मेची महाकाली अभियानका सहभागीहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रम अध्यक्ष ओलीले भने ‘एमाले अव अरु जस्तो सरदर पार्टी हुँदैन।अरु पार्टी एक केजीका चार वटा ढक एकातिर हुन भने एमाले पाँच केजीको अर्कोतिर रहेको ढक हो । जसो गरेपनि एक केजी बढी नै हुन्छ।’
अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधानबाट राजतन्त्र र हिन्दु धर्म सम्बन्धी व्यवस्था हटाउने निर्वाचन आयोगको निर्णय प्रति असहमति जनाए।महान्यायधिवक्ता रमणकुमार श्रेष्ठको गलत सल्लाहका कारण निर्वाचन कुवेलामा राप्रपाको बिधान चलाएर निर्वाचन भाँडने षडयन्त्र गरेको आरोप पनि ओलीले लगाए।
‘गलत सल्लाह दिएर अरुको पार्टीको विधान किन चलाउनु परयो।’निर्वाचनको वेलामा यो कदम निर्वाचन भाँडने षडयन्त्र हो’राप्रपाको नाम नलिइकन ओलीले भने।महान्यायधिवक्ता श्रेष्ठले निर्वाचन आयोगलाई गलत सल्लाह दिएको पनि ओलीले बताए।’महान्यायधिवक्ताले पदीय मर्यादा कायम राख्न सकेनन।’ ओलीले पार्टीको झण्डा बोकेर इजलाश पसेको आरोप लगाउँदै महान्याधिवक्ता श्रेष्ठले आफू पक्षको इजलाश नभएपछि बहस बहिस्कार गरेको आरोप पनि लगाए।अन्य बिषयमा पनि महान्यायधिवक्ताले गल्ती गरेको उनले बताए।
मेची महाकाली अभियान लिएर तराई मधेशमा एमाले प्रवेश गर्न नहुने तर्क गर्ने बुद्धिजीवीहरु प्रति पनि ओलीले कटाक्ष गरे। ‘बुद्धिजीवी बिग्रियो भने श्रीमान गम्भीर लेख्न थाल्छ।सप्रियो भने यो नेपाली शिर उचाली लेख्छ।बुद्धिजीवीहरुलाई सप्रिन आग्रह गर्छु।यो नेपाली शिर उचाली लेख्ने गर्नुस,श्रीमान गम्भीर नेलेख्नुस।’