images
images

चिनियाँ रक्षामन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

चैत्र ८ , २०७३- दुई मुलुकबीच संयुक्त सैन्य अभ्यासको सम्झौता भएपछि पहिलो पटक नेपाल आउन लागेका चीनका रक्षामन्त्री च्याङ वानक्वानले आसन्न नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई भेट्ने भएका छन् ।

रक्षा मन्त्रालय स्रोतका अनुसार चैत १० मा नेपाल आउने च्याङले सबैभन्दा पहिले प्रधानमन्त्री दाहाललाई भेट्ने कार्यक्रम छ । उनले सोही दिन रक्षामन्त्री खाँडसँग पनि भेटवार्ता गर्ने छन् । उनले प्रधानसेनापति क्षत्रीसँग जंगी अड्डामा चैत ११ मा वार्ता गर्नेछन् ।

उनको भ्रमणमा दुई मुलुकबीचको सुरक्षा कूटनीति र अभ्यासबारे छलफल हुने सैन्य स्रोतले जनाएको छ । च्याङ चैत १२ मा नेपालबाट श्रीलंका देशतर्फ लाग्नेछन् ।