चैत्र ८ , २०७३ कंग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नु भएको छ । गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसको अवसरमा भक्तपुरमा आज आयोजित कार्यक्रममा सभापति देउवाले निर्वाचन नभए संविधान कार्यान्वयन अवरुद्व हुने बताउनुभयो । उहाँले भन्नुभयो, गाउँगाउँमा चुनावको माहौल बनिसकेको छ, निर्वाचन हुन्न कि भनेर शंका नगर्नुस्’, सबै निर्वाचनको तयारीमा लाग्नुस् ।’ सभापति देउवाले सबै मिलेर निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिंदै निर्वाचन पश्चात् संविधान कार्यान्वयन हुने र गणतन्त्रको उपलब्धी मजबुद हुने उल्लेख गर्नुभयो । हिमाल, पहाड र तराईलाई विभाजन गरेर एकता भाँड्ने षडयन्त्र भईरहेको उहाँको भनाई थियो । -कान्तिपुर समाचार