images
images

आर्इजीपी नियुक्ति विवाद: बहस सकियो, फैसला भोली सुनाउने

२०७३ चैत्र ७ –  प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादको बहस सकिएको छ । बहस सकिएपनि आईजीपी नियुक्ति विवादबारेको अन्तिम फैसला भने सर्वोच्चले भोलि (मंगलबार) मात्रै सुनाउने भएको छ ।

आर्इजीपी नियुक्तिबारे परेको रिटमा सोमबार सरकार पक्षका वकिलहरुले बहस गरेका थिए। सरकार पक्षका वकिलहरुले बहस गरेपछि रिट निवेदक डिआईजी नवराज सिलवाल पक्षका कानुन व्यवसायीहरुले जवाफ दिएसँगै सम्पूर्ण कानुनी प्रक्रिया सकिएपनि सर्वोच्चले फैसला भने मंगलबारमात्रै सुनाउने भएको हो।

सरकार र चन्दको बचाउका लागि बहसमा पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र पूर्व महान्यायाधिवक्ता सुशील पन्तलगायत कानुनविद्ले इजलासमा संलग्न प्रधानन्यायाधीश कार्की र न्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदको निर्णय रोक्न दिएको अन्तरिम आदेशमा मुद्दाको तथ्यभित्र प्रवेश गरेर एक खालको निर्णय दिइसकेको स्थितिमा अन्तिम निर्णयमा संलग्न हुँदा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै सुनुवाइ रोक्न माग गरेका थिए।

चन्दलाई आईजीपी रोक्न माग राखेर सरकारको निर्णय पूर्व अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा गत फागुन १ गते प्रधानन्यायाधीश कार्कीको एकल इजलासबाट निर्णय रोक्न अन्तरिम आदेश भएको थियो। त्यस्तै डीआईजी नवराज सिलवालले दायर गरेको अर्को रिटमा कार्कीकै इजलासबाट अर्को अन्तरिम आदेश भएको थियो।