उपप्रधानमन्त्री थापा निर्वाचन आयोगविरुद्ध धर्नामा
चैत्र ७, २०७३– निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू धर्म शब्द हटाएको विरोधमा सरकारका उपप्रधानमन्त्री कमल थापा बहादुर भवनस्थित निर्वाचन कार्यालय अगाडि धर्नामा बसेका छन् ।
आज भएको प्रदर्शनमा प्रहरीले राप्रपा कार्यकर्ताविरुद्ध लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेपछि उपप्रधानमन्त्री थापा धर्नामा पुगेका हुन् । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार केहीबेर अघिदेखि उपप्रधानमन्त्री थापा धर्नामा सहभागी छन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चारमन्त्री र राज्यमन्त्रीसहित राप्रपा सहभागी छ ।