images
images

म्यानचेस्टरको जितपछि आर्सनल छैटौं स्थानमा खस्कियो

रेलिगेशन क्षेत्रमा रहेको मिडल्सब्रोगलाई ३–१ गोल अन्तरले पराजित गर्ने क्रममा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनललाई एक स्थान तल छोडेको छ।

आइतबार राती मिडल्सब्रोगविरुद्ध मारोउने फेलाइनीले ३०, जेस लिङगार्डले ६२, आन्टोनियो भेलेन्सियाले निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई सफलता दिलाएका थिए।

मिडल्सब्रोगका लागि एक मात्र गोल रुडी गेस्टेडेले ७७ मिनेटमा फर्काए। यो नतिजापछि म्यानचेस्टर २७ खेलमा ५२ अंक बटुलेर पाँचौ स्थानमा उक्लिएको छ। आर्सनल भने ५० अंकका साथ एक स्थान तल खस्किदै छैटौंमा पुगेको छ। आर्सनलको २० वर्षको अन्तरालमा यो सबैभन्दा खराब नतिजा हो।