images
images

मेसीको ४० गोल पुरा, प्रत्येक ७८ मिनेटमा १ गोल

बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले यो सिजन सबैभन्दा छिटो ४० गोल पुरा गरेका छन्। उनले भेलेन्सियाविरुद्ध ४४ मिनेटमा पेनाल्टीबाट गोल गर्ने क्रममा ४० गोल पुरा गरेका हुन्।

यस सिजन ला लिगा, च्याम्पियन्स लिग र अन्य प्रतियोगितामा गरेर मेसीले ४० गोलको सूचीलाई पुरा गरेका हुन्। मेसीको लगातार आठौं सिजन ४० भन्दा बढि गोल पुरा भएको हो। उनी विगत आठ वर्षयता देखि हरेक सिजन ४० भन्दा बढि गोल गर्दै आइरहेका छन्।

भेलेन्सियाविरुद्ध दुई गोल गरेका मेसीको यो सिजनको गोल संख्या ४१ पुगेको हो। उनले पेनाल्टीबाट ९ गोल गरेका छन्। स्पेनिस ला लिगामा मेसीको गोल संख्या २५ पुगेको छ। उनको गोल प्रतिशत प्रत्येक ७८ मिनेटमा एक गोलको रहेको छ।

स्पेनिस ला लिगामा उनीपछि लुइस सुआरेजले सर्वाधिक २२ गोल गरेका छन्, यसपछि क्रिस्टियानो रोनाल्डो छन्। उनको गोल १९ रहेको छ। –