images
images

६८६ वटा गाउँपालिका र नगरपालिकाको भवन निर्माण गर्न पाँच वर्ष समय लाग्ने

२०७३ चैत ६ – पुराना ५८ नगरपालिका बाहेक ६८६ वटा गाउँपालिका र नगरपालिकाको भवन सहितको पूर्वाधार निर्माण गर्न न्यूनत्तम पाँच वर्ष समय लाग्ने भएको छ । कूल ६८६ वटा गाउँपालिका र नगरपालिका मध्ये अधिकांश स्थानीय तहको भवनसहितको भौतिक पूर्वाधार निर्माण कार्य शून्यस्तरबाट शुरुवात गर्नुपर्ने भएकाले न्यूनत्तम पाँच वर्ष समय लाग्ने अनुमान गरिएको हो ।
पुराना ५८ नगरपालिका बाहेक ६८६ स्थानीय तहका केन्द्र साबिक गाविस र जिल्ला विकास समितिको कार्यालय भन्दा अन्यत्रै कायम भएकाले ६८६ वटै स्थानीय तहको भवनसहितको सबै पूर्वाधार निर्माण कार्य शून्यस्तरतबाट शुरुवागत गर्नुपर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
सरकारले गत तीनवर्ष अघिदेखि घोषणा गरेका १५९ वटा नगरपालिकाको बजेट र जग्गाको अभावमा   अहिलेसम्म कुनै भौतिक पूर्वाधार निमाण गर्न सकेको छैन । अब पुनः सरकारले एकै पटक ६८६ गाउँपालिका र  नगरपालिकाको भौतिक पूर्वाधार निर्माण गर्न साधन र स्रोतको सहज उपलब्धता र दक्ष जनप्रतिनिधि निर्वाचित हुँदा  न्यूनतम पाँच वर्षसमय लाग्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुमान छ ।
पूर्व स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल गाउँपालिका र नगरपालिकाको न्यूनतम भौतिक पूर्वाधार निर्माणका लागि भवन, सडक, पुल, खानेपानी, यातायात, फोहोर व्यवस्थापन, सञ्चार शिक्षा, स्वास्थ्य लागयतका पूर्वाधार निर्माणका लागि दक्ष जनशक्ति निर्वाचित हुने हो भने न्यूनत्तम पाँच वर्ष समय लाग्ने बताउहुन्छ ।
आयोगले गाउँपालिका वा नगरपालिकाको केन्द्र तोक्दा पुराना गाविस पाएक पर्ने भए उक्त गाविस भवन भएको स्थानमा केन्द्र तोकेको र त्यो संभव नभएका स्थानमा नयाँ स्थानमा केन्द्र निर्धारण गरिएको छ ।
सहजरुपमा पूर्वाधारको विकास गर्न सकिने स्थानमा केन्द्र तोकिए पनि कतिपय भौतिक पूर्वाधार शून्यस्त्तरबाट शुरुवागत गर्नुर्ने स्थानमा भने पाँच वर्षमा पूर्वाधार निर्माण गर्न संभवन नहुने तर्क उहाँको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार सरकारले शुक्रवार प्रति स्थानीय तह एक करोड रुपियाँका दरले ७४४ वटै स्थानीय तहलाई रकम दिने घोषणा गरिसकेको छ । सो रकममध्ये २० लाख पुँजीगत तर्फ र ८० लाख कार्यलय स्थापनाका लागि प्रदान गरिए पनि रकम अत्यन्तै न्यून भएको उहाँले बताउनुभयो ।