images
images

धर्मराजलाई उपाधि

चैत्र ६, २०७३- धर्मराज लिम्बूले तेस्रो मिस्टर फिटनेस फस्र्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिपले जितेका छन् । ६० केजीका उनले २५ हजार नगद र सप्लिमेन्ट प्राप्त गरे । ७० केजीका हिरण श्रेष्ठ र ७० केजी माथिका दामोदर श्रेष्ठ दोस्रो र तेस्रो भए । उनीहरूले १५ र १० हजार पुरस्कार पाए । फिटनेस फस्र्ट क्लबको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष स्पोर्ट्स फिजिक १६५ सेन्टिमिटरको प्रतिस्पर्धामा सुजन रोका प्रथम भए । शेखर खत्री र राजेश तामाङ दोस्रो र तेस्रो भए । १६५ सेन्टिमिटर माथि शिव महर्जन, मनोज कटुवाल र दीपेन्द्र गिरी शीर्ष तीन स्थानमा विजयी भए ।