images
images

बजाज डोमिनार ४०० बजारमा

चैत्र ६, २०७३– बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक नेपाली बजारमा भित्र्याएको छ । यसको मूल्य ४ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

नयाँ डोमिनार ४०० ले प्रमुख पक्ष यसको इन्जिन रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यसमा चेसिस इन्जिनियरिङका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डीटीएसआई इन्जिन रहेको कम्पनीले जनाएको छ । यसमा ६ स्पिड गियरबक्स र स्लिपर क्लच राखिएको विज्ञप्तिमा जनाएको छ । कम्पनीको दाबीअनुसार यसले १ सय ४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्छ ।

कम्पनीका अनुसार यस बाइकले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केबल ८.२३ सेकेन्डमा नै तय गर्न सक्छ । एडभान्स लिक्विड कुलिङ सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राको लागि सहज बनाउने कम्पनीको भनाइ छ । ‘हामी यो ढुक्क छौं कि डोमिनार ४०० ले सही यात्रुहरूलाई अपेक्षाभन्दा बढि अनुभव प्रदान गर्छ । यसले वास्तवमा नै बिग ब्वाइज प्ले एट नाइटलाई सार्थक बनाउँछ,’ कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाको भनाइ विज्ञप्तिमा उल्लेख गरिएको छ ।