images
images

नेपालगन्ज गोल्डकपको उपाधी संकाटालाई हराउदै रुपन्देही ११ ले चुम्यो

चैत्र ३, २०७३- सीएमसी संकटा क्लबले अग्रता लिइसकेको खेलको नतिजा उल्ट्याउँदै अग्नि रुपन्देही–११ ले टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकपको उपाधि जितेको छ ।

महेन्द्र रंगशालामा बिहीबार अपरान्ह भएको फाइनल खेलमा रुपन्देही–११ ले मोफसलका गोल्डकपमा यस वर्ष चम्किरहेको संकटालाई रोकेको हो । विजेता रुपन्देहीले ५ लाख नगद पुरस्कारसहित ट्रफी उचालेको छ । उपविजेता संकटाले २ लाख ५१ हजार नगद पुरस्कारमा चित्त बुझाएको छ ।

फाइनल खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि टाईब्रेकरबाट रुपन्देहीले जित हात पारेको हो । टाईब्रेकरमा संकटा ६–५ गोलले निराश भयो ।

‘विपक्षले अग्रता लिईसकेको खेल नतिजा उल्टाउने अभ्यासकै कारण टिम सफल भएको छ’ रुपन्देही ११ का प्रशिक्षक दयाराम सापकोटाले भने, ‘यो जितले टिमलाई उत्साहित बनाएको छ ।’

पहिलो हाफ गोलरहित बराबरीमा रहेको थियो । अघिल्ला खेलमा जति दुवै टिमले खुलेर खेल्न सकेनन् । नयॉ रणनीति बुन्दै मैदान छिरेका दुवै टिमले दोस्रो हाफको सुरुबाटै खेलमा सुधार ल्याए ।

टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकपका सर्वोत्कृष्ट खेलाडी घोषित अग्नि रुपन्देही ११ का अमर डंगोल विजय अटो मोबाइल्सले प्रदान गरेको सुजुकी बाईक प्रदान गर्दै बॉकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलगायत ।  तस्विर: जनक नेपाल/कान्तिपुर     

संकटाका २१ नं. जर्सीका विश्व अधिकारीलाई डी एरियामा लडाएपछि रेफ्रिले विवादस्पद पेनाल्टी दिए । संकटाका जर्सी नं. ७ का अनिल गुरुङले त्यो अवसर सुदपयोग गर्दै ६५ औ मिनेटमा एक गोलले टिमलाई अग्रता दिलाए । खेल सकिनु केही मिनेट बॉकी रह‘दा रुपन्देहीका शिव सुवेदीले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । उनी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा अग्नि रुपन्देही ११ का अमर डंगोल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले विजय अटो मोबाइल्सले प्रदान गरेको सुजुकी बाईक प्राप्त गरे । त्यस्तै, रुपन्देहीकै अफ्रिकन खेलाडी मुसा बेस्ट डिफेन्डर घोषित भए भने संकटाका गोलकिपर अजय महर्जनले उत्कृष्ट गोलकिपरको पुरस्कार पाए ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथी कान्तिपुर पब्लिकेशन्सका निर्देशक स्वस्तिका सिरोहिया, नायव महाप्रबन्धक महेश स्वॉर, रेडियो कान्तिपुरका कार्यकारी अधिकृत शुभेच्छा केसी, अखिल नेपाल फुटबल संघका कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, बॉकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

चैत २६ देखि सुरु प्रतियोगितामा ए डिभिजन क्लबहरु, भारतीय टिम र विभागियसहित आठ टिम सहभागी थिए । प्रतियोगितालाई आउ‘दो बर्ष अझ भब्य बनाईने आयोजक बॉकेजिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।