images
images

महिलामा नशा च्यापिने, हड्डी खिइने समस्या

चैत्र ३ , २०७३
डा.बिशाल सापकोटा ( प्राकृतिक चिकित्सक, आयुष अस्पताल, सुरुची मार्ग, नयांबानेश्वर ) 
महिलामा नशा च्यापिने, हड्डी खिइने समस्या के कारणले हुन्छ ?
-उमेर अनुसारको परिवर्तन, गर्भावश्था, हार्मोनल रेगुलेशन, घरायसी कामकाज ( लुगा धुने, भांडा माझ्ने, भुइ पुछ्ने लगायतका कुप्रिएर गर्नुपर्ने कामहरु ), किड्नी तथा ब्लडर समस्या, ओभरियन सिस्ट, इन्ड्रोम्याटाइटिस, खानपानको अवश्था बिग्रेको अवश्थामा यो समस्या आउंछ । साथै बिभिन्न भिटामिनहरु जस्तै–डी, बि–१२, क्याल्सियम को कमी, फाइब्रोमाइल्जिया, अर्थराइटिस्, स्पोन्डाइलाइटिस, स्पोन्डाइलोसिस लगायतका समस्याहरु ले गर्दा पनि नशा च्यापिने, हड्डी खिइने लगायतका समस्या आउंछन् ।
यसबाट बच्नका लागी अपनाउनुपर्ने सावधानीहरु के के हुनसक्छन् ?
–गह्रौं सामाग्री उचाल्ने, अगाडी धेरै निहुरिएर काम गर्ने गर्नु हुदैन् । कतिपय महिलाको ब्याक मसल्स कमजोर हुन्छ त्यसमा आफैंले बिचार पुर्याउनुपर्छ । योग अभ्यास, फिजिकल फिटनेस, सन्तुलित आहार, तौल ब्यवश्थापान, भर्गावश्था र डेलिभरी पछि पनि सोही अनुसारका ब्यायाम गरे यसबाट समयमै बच्न सकिन्छ ।
खानपानमा कसरी बिचार पुर्याउने ?
–दुध, फलफुल, भेजिटेबल, अंकुरित भोजन, सिजनेबल फल तथा तरकारी लगायत ठोस भन्दा तरल पदार्थमा बढी जोड दिनुपर्छ ।
समस्या आइसकेपछि के गर्नुपर्छ ?
–जुन तरिकाले समस्या उत्पन्न हुन्छ त्यो दुखाइ कम गर्न बिभिन्न उपचारहरु छन् । प्राकृतिक उपचारबिधी भित्र पर्ने हल्का मसाज, हिपबाथ, अकुपञ्चर, फिजियोथेरापी, ढाडसंग सम्बन्धित बिभिन्न योग अभ्यासहरु लगायत अन्य प्राकृतिक उपचारहरु गर्न सकिन्छ । जीवनशैलीमा परिमार्जन तथा बसाइको उचित आसन द्धारा यसलाइ सन्तुलन र ब्यवश्थापन गर्न सकिन्छ ।
यस्ता प्राकृतिक उपचारले दिर्घकालिन निदान हुन्छ ?
–प्राकृतिक उपचारले तत्काल दुखँइ कम नभएतापनि बिस्तारै कम हुदै जान्छ र दिर्घकालिन रुपमा रोगको निदान गर्न मद्धत पुर्याउंछ । तर जीवनशैलीमा परिवर्तन र खानपानमा ध्यान भने पुर्याउनै पर्छ । साभार -नारी पत्रिका