images
images

तीन रोगको उपचार पूर्ण निःशुल्क, थप चार रोगमा एक लाखसम्म सहुलियत

चैत्र ३,काठमाडौं – स्वास्थ्य मन्त्री गगन थापाले विपन्न नागरिकका लागि तीन रोगको उपचार पूर्ण निःशुल्क, थप चार रोगको उपचारका लागि एक लाखसम्म आर्थिक सहयोग उपलब्घ गराउने व्यवस्था लागू गर्ने तयारी गरेका छन्। मन्त्री थापाले वाथ मुटु रोग, मिर्गौला प्रत्यारोपण र हेपटाइटिस सीको उपचार पूर्णरुपमा निःशुल्क गर्ने तयारी गरेका छन् भने थाल्सेमिया, अप्लास्टिक एनिमिया, कलेजो प्रत्यारोपण र स्ट्रोकको उपचारका लागि एक लाखसम्म सहुलियत दिने तयारी गरेका हुन्। मन्त्री थापाले बाथ मुटुरोगको उपचार भने यसअघि नै निःशुल्क गराइसकेका छन्।

यसैगरी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयसँगको सहकार्यमा महिलाका लागि स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार पनि पूर्ण निःशुल्क गर्ने प्रक्रिया अघि बढेको छ।

स्वास्थ्य मन्त्रालयको यो प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएको छ। सरकारले यसअघि मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर/पार्किनसन्स, सिकलसेल एनिमियाको उपचारका लागि एक लाख सहुलियत दिँदै आएको छ। यसैगरी सरकारले डायलसिस पनि पूर्ण निःशुल्क गरिसकेको छ। मन्त्री थापाले पाँच लाखसम्म आर्थिक सहुलियत दिने प्रस्ताव गरे पनि अर्थले एक लाखसम्मका लागि सहमति दिएको बताइएको छ। यसैगरी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयसँगको सहकार्यमा महिलाका लागि स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार पनि पूर्ण निःशुल्क गर्ने प्रक्रिया अघि बढेको छ। उपचार सहुलियत स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालबाट पाउन सकिन्छ। मन्त्री थापाले भने, ‘यदि, तपाईं विपन्न नागरिक हुनुहुन्छ र उपचार गर्ने पैसा छैन भने सहायता पाउनु तपाईंको अधिकार हो।’ (साभार :स्वास्थ्य खबर पत्रिका )