images
images

सरकारी अस्पतालमा भेटिएनन् डाक्टर

चैत्र २,चितवनका सरकारी अस्पतालमा चिकितसकहरु तोकिएको समयमा ओपिडी कक्षमा भेटिदैनन्। जसका कारण सहज रुपमा सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीहरु मर्कामा परेका छन् । सरकारले केही अगाडी मात्रै ओपिडी समयमा अनिवायी रुपमा चिकित्सकहरुलाई निर्देशन गरे पनि जिल्लामा यसको कार्यान्वयन नभएको हो ।

विश्व उपभोक्ता दिवसको पूर्व सन्ध्यामा उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको अनुगमनममा चितवनको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतामा यस्तो पाइएको हो । अनुगमन टोली १ बजे अस्पताल पुग्दा ओपिडि कक्षको सर्जिकल र दन्त विभागमा कुनै पनि डाक्टर आफ्नो कक्षमा थिएनन् । उनीहरुलाई बिहान १० बजेदेखि जिल्लाको टाढाबाट आएको बिरामीहरु कुरिरहेका देखिन्थे । बिरामीहरुले डाक्टर नहुँदा आफूहरुलाई मर्का परेको गुनासो समेत गरेका थिए ।

दुई विभागका बारेमा विभागीय प्रमुख डा प्रविन श्रेष्ठसँग प्रतिक्रिया लिँदा जिम्मा दिएको डाक्टर किरण घिमिरेले ओपिडी कक्ष छोडेर गएकोले यसको लागि मेसु समक्ष जानकारी गराउने र नियम बमोजिकम कारवाही गरिने जनाकारी गराए ।

अनुगमन टोलीले भरतपुर अस्पताल सहित चितवनले जिल्लाका ५ निकायमा उपभोक्ताको गुनासो सुन्नुका साथै कार्यालय प्रमुखसँग अन्तरक्रिया गरेको थियो । मंगलबार चितवनको भरतपुर महानगरपािलका, भरतपुर सरकारी अस्पताल, कलेज अफ मेडिकल साईन्सेज्, नेपाल टेलिकम र जिल्ला प्रशासनको अनुगमन गरेको थियो ।