images
images

हुण्डाई ओपन गल्फ

हुण्डाई ओपन गल्फ प्रतियोगिता हुने भएको छ । लक्ष्मी हुण्डाईर्को आयोजनामा गोकर्ण गल्फ क्लबमा आगामी शनिबार हुने प्रतियोगिता १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ¾ हृयान्डीक्यापमा खेलिने छ ।

आयोजकका अनुसार नेपालका १०० गल्र्फसहरुले प्रतिस्पर्धा गर्नेछन् । होल इन वान विजेतालाई हुण्डाईको ग्राण्ड आई १० गाडी प्रदान गरिनेछ । साथै प्रतियोगिताको विजेता, उपविजेता, तेस्रोका साथै विभिन्न विधागत विजेताहरु घोषणा गरिनेछ ।

लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठले भने, ‘नेपालमा वाषिर्क रूपमा गल्फ प्रतियोगिता आयोजना गर्न पाएकोमा हामीलाई धेरै खुशी लागेको छ ।’

यो ओपेन गल्फको सातौं सस्करण हो र, आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने श्रेष्ठले बताए । उनले भने, भविश्यमा पनि यस किसिमका र अझै ठुला टुर्नामेन्ट आयोजना गर्ने प्रतिबद्धता जनाउछौं ।’