images
images

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला नयाँ कीर्तिमानको पर्खाइमा

म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओला युरोपेली फुटबलको सबैभन्दा सफल प्रशिक्षक बन्ने अभियानमा छन्। बुधबार राती (नेपाली समयअनुसार विहिबार बिहान) मोनाकोविरुद्ध च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा सिटी विजय भएको खण्डमा ग्वार्डिओला युरोपेली प्रतियोगितामा सबैभन्दा बढि खेल जिताउने प्रशिक्षक बन्ने छन्।

उनी र लुइस भान गालले युरोपेली प्रतियोगितामा बराबरी ६१ खेल जिताएका छन्। आजको खेलमा सिटी विजयी भए उनले भान गालको जितको कीर्तिमानलाई उछिन्ने छन्। ग्वार्डिओला आज युरोपेली प्रतियोगितामा एक सय खेलमा सहभागी हुने प्रशिक्षक पनि बन्दै छन्, जुन भान गालको बराबरी पनि हो। भान गालले पनि युरोपेली प्रतियोगितामा सय खेल खेलाएका थिए।

ग्वार्डिओलाले ९९ खेलमा ६१ मा जित २३ बराबरी र १५ मा पराजय भोगेका छन्। म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक भान गालले सय खेलमा ६१ मा जित २२ बराबरी र १७ मा पराजय भागेका थिए।

ग्वार्डिओलाले बार्सिलोनाको प्रशिक्षक हुँदा सन् २००९ र २०११ मा गरि दुई पल्ट च्याम्पियन्स लिग जितेका छन्। उनले जर्मनी क्लब वायर्न म्युनिखलाई यो सिजन म्यानचेस्टर सिटीमा आवद्ध हुनुअघि प्रशिक्षण दिएका थिए।