images
images

दुई राज्यमन्त्रीको मन्त्रालय फेरियो

चैत्र १ , २०७३- संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले गृह राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । पर्यटन मन्त्रालयमा राप्रपाका पर्शुराम तामाङ नियुक्त भएपछि बानियाँलाई गृहराज्य मन्त्रीको जिम्मेवारी दिने निर्णय कांग्रेसले गरेको हो ।

गृहमन्त्री विमलेन्द्र निधिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिने पार्टीको निर्णय सुनाएका थिए । बानियाँ मकवानपुर–१ बाट निर्वाचित सांसद हुन् । उनी कांग्रेस नेता खुमबहादुर खडकानिकट मानिन्छन् ।

संघीय मामिला तथा स्थानीय राज्यमन्त्री रहेका श्रीप्रसाद जबेगुलाई पनि पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री दाहालले राज्यमन्त्री जबेगुलाई पशुपन्छी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जिम्मा दिएका हुन् । यो मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ । राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय विकास मन्त्रालय सम्हालेपछि उनलाई पशुपन्छी मन्त्रालयमा सारिएको हो ।