images
images

केन्यामाथि नेपालको ७ विकेटको जीत

फाल्गुन ३०, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको केन्याविरुद्धको  नेपालले सात विकेटको जीत निकालेको छ । यसअघि ब्याटिङ गरेको केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो । यो खेलको जीतस‌ंगै नेपालले विश्व च्याम्पियनसीपमा ८ अ‌क जोडेको छ । नेपालले केन्यालाई ४६.१ ओभर खेलेर १५५ रनमा अल आउट गरेको हो ।

कान्तिपुर क अनुसार शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको छ । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका छन् ।