images
images

कञ्चनपुर घटनामा सरकार लाचार : ओली

कांग्रेस पार्टी माेबिल सकिएकाे ट्याक्टर’

फाल्गुन २८, २०७३- निर्वाचनलाई लक्षित गरेर देश दौडाहामा मेचि महाकाली जागरण अभियान थालेका एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीका कारण देश निर्वाचनमा होमिएको बताएका छन् । संविधान कार्यान्वयन भनेको निर्वाचन हो त्यसको अभियान एमालेले मेचिमहाकाली अभियान शुरु गरेर जनताको घरदैलोमा पुगेको छ,’ ओलीले आज दिउँसो कावासोतीमा आयोजित आमसभामा भने, ‘एमाले बाहेककादलहरु निर्वाचन भने पनि घरदैलो अभियानसम्म गर्न सकेका छैनन् ।’ देश नै एमालेमय भैसकेको दावी गर्दै अध्यक्ष ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने ठोकुवा गरे ।  मधेसवादीदलहरु तर्फ लक्षित गर्दै अध्यक्ष ओलीले संसदमा बसेर तलवभत्ता खाने र जनता बीच जाने शक्तिलाई ढुङ्गा, मुढा गर्ने प्रवृत्ति खतरनाक भएको टिप्पणी गरे । उनले त्यस्तो प्रवृति भएकाहरुलाई जनताले निर्वाचनबाट बढार्ने चेतावनी दिए । कावासोतीमा आयोजित आमसभाका प्रमुख वक्ता ओलीले मधेसवादी दलहरुप्रति निकै आक्रोस पोखेका थिए । ओलीले घुमाउरो भाषामा मधेसवादी दलहरुलाई हिम्मत भए जनतासमक्ष जान र आफ्ना एजेण्डा स्थापित गरेर देखाउन चुनौती पनि दिए ।