फाल्गुन २८, २०७३-
अपडेट
विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीचको खेल वर्षाका कारण पुन: राेकिएकाे छ । वर्षाले खेल राेकिँदा केन्याले २१.२ अाेभरमा ५ विकेटकाे क्षतिमा ८० रन बनाएकाे छ । यसअघि पनि निर्धारित समयभन्दा झण्डै साढे दुई घण्टा ढिलागरी मह्यान्ह १२ बजेपछि सुरु भएको थियो ।नेपालले पहिलाे ब्याटिङ गर्दै ३६ अाेभरमा ८ विकेटकाे क्षतिमा ११२ रन बनाएकाे थियाे । वर्षाले खेल प्रभावित गरेसँगै डकवर्थ लुइस मेथड अनुसार केन्याले २९ अाेभरमा १०४ रन बनाउने लक्ष्य पाएकाे थियाे । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीचको खेल पुन: सुरु भएको छ । वर्षाले प्रभावित खेल पुन: सुरु भएको हो । यसअघि पनि निर्धारित समयभन्दा झण्डै साढे दुई घण्टा ढिलागरी मह्यान्ह १२ बजेपछि सुरु भएको थियो । नियमित कप्तान पारस खड्काबिनै नेपालले केन्यासँग खेलिरहेको छ । वर्षाका कारण खेल ३८/३८ ओभरमा छोट्याइएको छ । नेपालले सुनिल धमला र दीपेन्द्रसिंह एेरीलाई डेब्यू गर्ने मौका दिएको छ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।