फाल्गुन २८ , २०७३- कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपाली युवाको मृत्यु भएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि नेपाल विधार्थी संघ ,एमाले निकट अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र युवा समूहलगायतले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले एसएसबीको गोलीबाट मृत्यु भएका ३२ वर्षीय गोविन्द गौतमलाई सहिद घोषणा गर्न, नेपाल–भारत सीमामा पर्खाल लगाउन, नेपाली सेनालाई सीमामा तैनाथ गर्न माग गरे ।