images
images

आजदेखि गाविस हटेर गाउँपालिका भए, देशभर स्थानीय तहको संख्या ७ सय ४४

फाल्गुन २७, २०७३- नयाँ संविधानअनुसार पुनर्संरचनापछिको स्थानीय तह शुक्रबारदेखि कार्यान्वयनमा आएको छ ।

फागुन २२ गते सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको हो । नयाँ संरचनाअनुसार महानगर ४, उपमहानगर १३, नगरपालिका २ सय ४६, गाउँपालिका ४ सय ८१ रहने छन् । वडाहरुको संख्या ६ हजार ६ सय ८० रहने छन् । यसअघि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्रमा प्रकाशित सूचना शुक्रबार सार्वजनिक गर्दै आजैबाट नयाँ संरचना लागू भएको घोषणा गरे ।