निर्देशक : जोर्डन भोग्ट–रोबर्ट्स
कलाकार : टम हिडेलसन, बेरी ल्यारसन, जेसन मिसेल, टोबी केबेल आदि ।
वनमान्छेजस्तो देखिने, तर वनमान्छेभन्दा सयौं गुणा विशालकाय किङकोङका विषयमा हलिउडमा अहिलेसम्म आधा दर्जनभन्दा बढी चलचित्र निर्माण भैसकेका छन् । एनिमेसन र स्पेशल इफेक्ट्सको विशेष प्रयोग गर्न पाइने अहिलेको प्रविधिको प्रयोगबाट काल्पनिक पात्र कोङलाई हलिउडले फेरि ब्यँुझाएको छ ।
यो चलचित्र आज शुक्रबारदेखि विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ । यसपटक कोङ श्रृंखलाको चलचित्र ‘कोङ स्कुल आइल्यान्ड’ शीर्षकमा प्रदर्शन हुँदैछ । यो चलचित्रमा अत्याधुनिक हतियारधारी मानवको समूह ढुंगेयुगको फोसिलको खोजीमा स्कुल आइल्यान्ड पुग्छ । त्यहाँ उनीहरूको सामना विशालकाय जनावरका साथ कोङसँग हुन्छ । मानिस र कोङको जनावरहरूसँगको लडाइँ नै यो चलचित्रको मुख्य आकर्षण हो ।