फाल्गुन १९, २०७३- इटहरी आमन्त्रण गोल्डकप फुटबलको ११ औं संस्करण शनिबार सुरु हुँदै छ । आयोजक राष्ट्रिय जागृति क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर यसपालि प्रतियोगितामा ८ टिम सहभागी हुनेजनाएको छ ।
हिमालयन शेर्पा, चर्च ब्वाइज, मोरङ ११, ब्वाइज युनियन, झापा ११, सुनसरी ११, कञ्चनजंघा स्पोर्टिङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब मैदानमा उत्रँदै छन् । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । गत वर्ष विजेताको एक लाख ११ हजार थियो ।