२५ फागुन, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरी घटनाका मृतक तीनैजनाको शव राखियको छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, अन्त्येष्टि नभएसम्म घरमा चुलो बल्दैन । र, मृतकहरु तीनै जना राजनीतिबाट बाहिर का थिए ।
स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ ।
५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए । अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो ।
पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप पुर्याएर घर फर्कंदै गरेका सिनियर अहेब आनन्द साहले श्रीमतीलाई फोन गरेर आफु बाटोमै भएको जानकारी दिएका थिए । तर, उनी घर पुग्न पाएनन् । मोटरसाइकलमै गोली लागेर उनको निधन भयो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उनीहरुको मृत्युले सप्तरीको मलेठ गाउँ स्तब्ध भएको छ ।