images
images

सीडीओसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

फाल्गुन २४,सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाउने निर्णय भएको हो ।

यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे जानकारी लिएका छन् । त्यसक्रममा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति थियो ।