images
images

मोर्चालाई बार्तामा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाका नेताहरुलाई वार्ताका लागि बोलाएका छन् । सप्तरीमा एमालेको अभियानका क्रममा प्रहरीसँग झडप भएर आफ्ना कार्यकर्ताहरुको मृत्यु भएपछि आक्रोशित बनेको मधेशी मोर्चासँग प्रधानमन्त्री प्रचण्डले आज वार्ता गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो तीन बजेका लागि वार्ताको समय तोकेर मधेशी मोर्चाका नेता तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

मधेशी मोर्चाले सप्तरी घटनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने भने यसबारे मंगलबार आधिकारिक निर्णय गर्ने तयारी गरेको छ ।

मोर्चाले भने सरकारलाई दिने समर्थनबारे निर्णय लिन तीनबजे बैठक बोलाएकाले उक्त समयमा नजाने मोर्चा नेता मनिष कुमार सुमनले स्पष्ट पारे । उनले अन्य समय मिलाएर वार्तामा जान भने आफूहरु तयार रहेको स्पष्ट पारे ।