images
images

सप्तरीमा गोली चल्यो, तीन जनाको ज्यान गयो

काठमाडौं : मधेसी मोर्चा र एमालेबीचको झडपको क्रममा सप्तरीमा गोली लागेर तीनजनाको मृत्यु भएको छ। थप दुईजनाको पनि उपचारको क्रममा मृत्यु भएको छ।

झडपमा गोली लागेर मलेठ गाविस–२ का २२ वर्षीय सञ्जन मेहता, मलेठ गाविस–४ का ३० वर्षीय पिताम्बर मण्डल र विमन गाविसका ५५ वर्षीय दिगम्बर यादवको मृत्यु भएको हो । सञ्जनको घटनास्थलमै र पिताम्बर र दिगम्बरको राजविराजबाट थप उपचारका लागि धराना लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीमा आयोजना गरेको सभालाई मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने क्रममा झडप भएको छ।झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा पनि प्रदर्शनकारी उत्तेजित भएर ढुंगा प्रहार गरेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ।

झडप हुँदा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् । मधेसी मोर्चाका कार्यकर्ता सुरक्षा घेरालाई तोडेर एमालेको कार्यक्रम स्थलतिर प्रवेश गर्न खोज्दा झडप भएके हो ।

साभार: नेपाल तारा

 

आन्दोलनकारीको मृत्यु हुने गरी भएको सप्तरी घटना, घटना मा २ आन्दोलनकारी को मृत्यु, प्रहरी माथी पेट्रोल बम प्रहार। २० भन्दा बढी प्रहरी घाईते।

Posted by 1 Like for my Country on Monday, March 6, 2017